कुमारी बैंकको ८२ हजार ६६० संस्थापक कित्ता शेयर बिक्रीमा

८ श्रावण २०७८, शुक्रबार ११:२६

काठमाडौँ । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले आज एक सूचना सार्वजनिक गर्दै संस्थापक शेयर धनि गोपाल हमालको एक हजार ५२८ कित्ता र शेयरधनी सुलोचना भण्डारीको ८१ हजार १३२ कित्ता शेयर बिक्री गर्न लागेको हो ।

दुबै संस्थापक शेयरको संस्थापक शेयर बिक्रीका लागि आवदेन दिए बमोजिम ८२ हजार ६६० कित्ता शेयर बिक्रीमा ल्याएको छ । इच्छुक संस्थापक शेयर खरिद गर्न चाहने संस्थापक शेरधनिहरुले सुचना प्रकाशित भएको ३५ दिन भित्रबैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल तथा बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्ने बैंकले जानकारी गराएको छ ।

साथै तोकिएको मिति भित्र कुनै पनि आवेदन नपरेको खण्डमा संस्थापक भन्दा बाहिर शेयर बिक्री गरिने समेत बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*