प्रभु बैंकको संस्थापक शेयर लिलाममा, बढाबढ मूल्यमा बिक्री गरिने

८ श्रावण २०७८, शुक्रबार ११:३७

काठमाडौँ । प्रभु बैंक लिमिटेडको संस्थापक समुहको शेयर लिलाम बढाबढ प्रक्रियाद्धारा बिक्री गरिने भएको छ ।

सो बैंकको संस्थापक समूहतर्फको २ लाख २ हजार १८६ कित्ता शेयर यही साउन १५ गतेदेखि लिलाममा राखिने भएको छ । उक्त शेयरमा लिलाम बढाबढद्धारा बिक्री गर्न संचालक समितिले स्वीकृति गरेको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संगठित संस्थाले साउन १५ गतेदेखि २९ गते अपरान्ह १ः३० बजे भित्र बिक्री प्रबन्धक एनएमबी क्यापिटलमा आफुले कुन दर रेटमा खरिद गर्न चाहेको सबै उल्लेख गरी गोप्य शिलबन्दी बोलपत्र मार्फत खरिद गर्न सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*