एशियन लाइफको बार्षिक साधारणसभा साउन ३१ गते, यस्ता छन् एजेण्डा

८ श्रावण २०७८, शुक्रबार १६:३१

काठमाडौ । एशियन लाईफ इन्स्योरेन्स लिामिटेडले १२ औँ वार्षिक साधारण सभा अगामी साउन ३१ गते होटल सिमरा, बारामा आह्वान गरेको छ । यही साउन ७ गते बिहिबार सम्पन्न कम्पनी सञ्चालक समितिको १६३ औँ बैंठकले कम्पनीको १२ औँ साधारणसभा साउन ३१ गते आइतबार होटल क्लासिक, सिमरा, बारा जिल्लामा विहान ११ः३० बजेको लागि आह्वान गर्ने निर्णय गरेको हो ।*

नयाँ सञ्चालक चयन तथा बार्षिक साधारण सभा प्रयोजनका लागि साउन १७ गते एक दिनको लागि बुकक्लोज गर्ने निर्णय गरेको छ ।
कम्पनीको सभाले संस्थापक शेयरधनी (समूह क) को तर्फबाट संचालक समितिममा प्रतिनिधित्व हुने चार जना संचालक, सर्वसाधारण शेयरधनी (समूह ख) को तर्फबाट संचालक समितिमा प्रतिनिधित्व हुने दुई जना सञ्चालक निर्वाचित गर्ने कार्यसूचि छ । साथै एक जना स्वतन्त्र विज्ञ संचालकमा मनोनित गर्नेछ ।

सो बार्षिक साधारणसभाले कम्पनीको आव २०७५।०७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन, बासलात, नाफा नोक्सानी हिसाब र नगद प्रवाहको विवरण लगायतका एजेन्डाहरु पारित गर्नेछ ।

*सम्पादन गरिएको ।

2 thoughts on “एशियन लाइफको बार्षिक साधारणसभा साउन ३१ गते, यस्ता छन् एजेण्डा

  1. श्रीराम प्रसाद says:

    सधारण सभा कहाँ कसरी र समय कति बजे हुनेछ याे खुलाएकाे भए अझ राम्रो हुन्छ ।

  2. Man singh bhul says:

    Asian life insurance 12 sadharanasabha Kaha ra kasari hunxa ??

Leave a Reply to Man singh bhul Cancel reply

Your email address will not be published. Required fields are marked *


*