कृषि विकास बैंकको बैंकिङ सेवा आजदेखि आइतवारसम्म बन्द हुने

८ श्रावण २०७८, शुक्रबार १६:४१

काठमाडौं । कृषि विकास बैंकको बैंकिङ सेवा आजदेखि आइतवारसम्म बन्द हुने भएको छ ।आज दिउँसो २ः३० बजेदेखि आइतवार बिहान १० बजेसम्म बैंकको कोर बैंकिङ सिस्टम अन्तर्गत पर्ने सबै सेवा बन्द हुने बैंकले जनाएको छ ।

बैंकले हाल सञ्चालनमा ल्याएको कोर बैंकिङ सिस्टम अपग्रेड गर्नुपर्ने भएकाले उक्त सेवा बन्द हुने भएको हो । यस अवधिमा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एटिएम, क्रेडिट कार्ड लगायत सबै सेवा बन्द हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*