तीन कम्पनीले आईपीओ निष्काशनका लागि बोर्डमा दियो आवेदन

८ श्रावण २०७८, शुक्रबार १७:००

काठमाडौ । नेपाल धितोपत्र बोर्डमा तीन कम्पनीले आईपीओ निष्काशनका लागि निवेदन दिएका छन् । बोर्डमा मैलुङ हाइड्रोपावर कम्पनी, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएका हुन् ।

जाल्पा सामुदायिक लघुवित्तले ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्न बोर्डमा असार २० गते निवेदन दिएको हो । कम्पनीको विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

राष्ट्र उत्थान लघुवित्तले ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो । लघुवित्तको विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

त्यस्तै, मैलुङ हाइड्रोपावर कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्न साउन १ गते बोर्डमा निवेदन दिएको हो । कम्पनीले स्थानीय र सर्वसाधारणको लागि ३५ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्न निवेदन दिएको हो । कम्पनीको विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*