आजदेखि नबिल बैंकको ऋणपत्रमा आवेदन दिन पाइने, आवेदन दिन २५ हजार चाहिने

१० श्रावण २०७८, आईतवार ०७:००

काठमाडौं । नबिल बैंक लिमिटेडले निष्काशन गरेको तीन अर्ब रुपैयाँको ऋणपत्रमा आजदेखि आवेदन दिन पाइने भएको छ । वार्षिक ८ प्रतिशत ब्याजदर तोकेर ७ वर्ष अवधीको ‘८ प्रतिशत नविल डिवेन्चर २०८५’ नामक ऋणपत्र आजदेखि बिक्री खुल्ला गरेको हो ।

प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र साउन १० गतेदेखि निष्काशन गरिएको नबिल बैंकले जनाएएको छ । कूल तीन अर्बको ऋणपत्र मध्ये एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री खुला गरिने र बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता संस्थागत (व्यक्तिगत) रुपमा बिक्री गरिने बैंकले जनाएको छ । सर्वसाधारणका लागि बिक्री गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

न्यूनतम् २५ कित्ता खरिद गर्न सकिने उक्त ऋणपत्र यही साउन १३ गतेसम्म छिटोमा आवेदन दिन पाइनेछ । उक्त ऋण पत्रमा आवेदन दिनको लागि न्यूनतम २५ हजार रुपैयाँ लगानी गर्नुपर्ने भएको छ । १३ गतेसम्म सबै बिक्री नभएमा म्याद थप गरी ढिलोमा साउन २४ गतेसम्म पुर्याउन सकिने जनाइएको छ । अधिकतम् ३० लाख कित्ताकै लागि आवेदन दिन सकिने उक्त ऋण पत्रको बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ ।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई निकै कम कर्जा जोखिम जनाउने ‘इक्राएनपी आईआर डबल ए माइनस’ रेटिङ्ग प्रदान गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*