मञ्जुश्री फाईनान्सको संस्थापक समूहको १२ हजार कित्ता शेयर बोलकबोलमा बिक्री

१० श्रावण २०७८, आईतवार ११:३७

काठमाडौँ । मञ्जुश्री फाईनान्स लिमिटेडले संस्थापक समूहको शेयर लिलाम बिक्रीमा राखेको छ । फाईनान्सले प्रति कित्ता न्यूनतम मूल्य रु ३०० का दरले १२ हजार ५८७ कित्ता शेयर लिलाम बढाबढको आधारमा बिक्रीमा गर्ने लागेको हो ।

संस्थापक शेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापक वा जो कोहि व्यक्ति कम्पनी वा संघ सस्थाले साउन १४ गते देखि भदौ ८ गतेसम्म फाइनान्सको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापीटल लिमिटेडमा आफुले प्रति कित्ता के कति दररेटमा कबुल गर्ने हो सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्ने सक्नेछन् ।

साथै विधमान संस्थापकहरुलाई प्राथमिकता दिई लिलामको सूचना प्रकाशित भएको ३५ दिन भित्र निवेदन पेश गर्ने सक्ने पनि फाईनान्सले जानकारी दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*