एफपीओ निष्कासनका लागि किसान लघुवित्तले बोर्डमा दियो निवेदन

१० श्रावण २०७८, आईतवार १३:२९

काठमाडौँ । किसान लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष अनुमति मागेको छ । लघुवित्तले अहिले १२ लाख ९८ हजार २५९ कित्ता एफपिओ निष्कासनका लागि माग गदै आवेदन दिएको हो ।

लघुवित्तले प्रति कित्ता १२५ रुपैयाँका दरले १६ करोड २२ लाख ८२ हजार ४३६ रुपैयाँ २५ पैसा बराबरको १२ लाख ९८ हजार २५९ कित्ता एफपिओ निष्कासन गर्नेछ । लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

बोर्ड बाट अनुमति पाएपछि कम्पनीले एफपीओ निष्काशनको तयारी गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*