आईपीओ निष्काशन गर्ने प्रस्तावसहित मकर जितुमाया सुरि हाइड्रोपावरको साधारण सभा आह्वान

१० श्रावण २०७८, आईतवार १३:५४

काठमाडौं । मकर जितुमाया सुरि हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशनको लागि साधारण सभा डाकेको छ । कम्पनीले एक सूचना जारी गर्दै आइपीओ निष्काशन गर्ने प्रस्तावसहित विशेष साधारण सभा आह्वान गरेको हो ।

कम्पनीको संचालक समितिको साउन ८ गते बसेको बैठकको निर्णयअनुसार साधारणसभा कम्पनीको मुख्य कार्यालय WTC, त्रिपुपरेश्वर,  काठमाडौंमा साउन २४ गते बिहान ११ बजे हुने भएको हो ।

सो सभामा आइपीओ निष्काशन प्रस्तावपारित भएपश्चात कम्पनीले आइपीओ निष्काशनको तयारी गर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*