प्रभु क्यापिटलको ‘समर डिम्याट स्किम’, १ बर्षसम्म डिम्याट खाता र मेरो शेयर निःशुल्क

१० श्रावण २०७८, आईतवार १४:३४

काठमाडौँ । प्रभु क्यापिटलले आफ्ना ग्राहकहरुलाई फरक ढंगबाट सेवा प्रदान गर्ने उद्देश्यले समर डिम्याट स्किम साउन १० गते देखि सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले १ बर्षसम्मका लागि डिम्याट खाता र मेरो शेयर निःशुल्क प्राप्त गर्ने गरी समर डिम्याट स्किम सर्वाजनिक गरेको हो ।

प्रभु क्यापिटलमा भएका डिम्याट खाता तथा नयाँ डिम्याट खाता खोलेका एवं खाता खोल्नलाई अनलाइन आवेदन गरेका ग्राहकहरुले अन्य १० जनालाई यो योजनामा रिफर गरी नयाँ डिम्याट खाता खोलाएमा थप १ बर्षको लागि डिम्याट खाता र मेरो शेयर निःशुल्क प्राप्त गर्नेछ । यो योजना साउन ३२ गतेसम्म सञ्चालन हुने क्यापिटलले जनाएको छ ।

प्रभु बैंकका देशभरका शाखाहरुबाट यो योजना अन्र्तगत डिम्याट खाता खोल्न सकिनेछ । यसका साथै क्यापिटलको अनलाइन डिम्याट एप्लिकेसन बाट समेत सो डिम्याट खाताको आवेदन दिन सकिने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*