आईतबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

१० श्रावण २०७८, आईतवार १५:१०

काठमाडौं । आज २२३ कम्पनीको ४ करोड २८ लाख ६८ हजार १३० कित्ता शेयर किनबेच हुँदा १४ अर्ब १९ करोड १० लाख ६८ हजार ३१८ दशमलव १५ रुपैयाँको कारोबार भएको छ ।

साताको पहिलो दिन आइतबार सर्वाधिक कारोबार गर्ने कम्पनीमा नेपाल बैंक लिमिटेड रहेको छ । कम्पनीको आज ४९ करोड ७१ लाख ६ हजार ३८२ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, दोस्रोमा ग्लोबल आईएमई बैंकको ४९ करोड ४० लाख ८४ हजार ८६३ रुपैयाँको कारोबार भएको हो । साथै नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकको ३४ करोड ६५ लाख, अरुण काबेली पावरको ३३ करोड ९७ लाख र एनआईसी एशिया बैंकको ३३ करोड ७५ लाख भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*