नेप्से ५४ अंकले बढ्दा १४ अर्ब माथिको कारोबार, नेपाल बैंक लिमिटेडको सर्वाधिक कारोबार

१० श्रावण २०७८, आईतवार १५:२१

काठमाडौं । आज नेप्से ५४ अंकले बृद्धि भएको छ । साताको पहिलो दिन नेप्से परिसूचक ५४ दशमलव ३१ अंकले बृद्धि भई ३०५८ दशमलव ६४ विन्दुमा कायम भएको छ ।

आज २२३ कम्पनीको ४ करोड २८ लाख ६८ हजार १३० कित्ता शेयर किनबेच हुँदा १४ अर्ब १९ करोड १० लाख ६८ हजार ३१८ दशमलव १५ रुपैयाँको कारोबार भएको छ ।

नेप्से समूहमा रहेका १३ उपसूचकमध्ये आज २ समूहबाहेकका सबै समूहमा हरियाली छाएको छ । आज सर्वाधिक लघुवित्त समूहमा ८६.२३ अंकले बृद्धि भएको हो ।

त्यस्तै, सर्वाधिक कमाउने कम्पनीमा नेपाल बैंक लिमिटेड रहेको छ । कम्पनीको आज साढे ४९ करोड भन्दा माथिको कारोबार भएको हो । त्यस्तै आज ९ कम्पनीको शेयरमा सर्किट लागी सर्वाधिक कमाउन सफल भएको छ भने सर्वाधिक गुमाउनेमा लक्ष्मी उन्नती कोष रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*