९ कम्पनीको शेयरमा लाग्यो सर्किट, यी हुन सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु

१० श्रावण २०७८, आईतवार १५:२९

काठमाडौँ । आज पूँजीबजारमा २२३ कम्पनीको ४ करोड ३९ लाख ३९ हजार २१२ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से उच्च अकंले वृद्धि हुदा १४ अर्ब माथिको कारोबार भएको छ ।

आज बिशाल बजार कम्पनी, ङादी गु्रप पावर, सपोट माईक्रोफाइनान्स वित्तीय संस्था, राधि विधुत कम्पनी, पन्चकन्या माई हाइड्रोपावर, कालिका पावर कम्पनी, जोशी हाईड्रोपावर, यूनिर्भसल पावर कम्पनी र हिमालयन उर्जा विकास कम्पनीको शेयरमा सर्किट लागेको छ । सो कम्पनीको सर्किट लेभलमा कारोबार भई सर्वाधिक कमाउन सफल भएका हुन् । साथै अरुण काबेली पावरको ८.७८ प्रतिशत अंकले वृद्धि भएकोे छ ।

त्यस्तै, आज गुमाउने कम्पनीहरुमा लक्ष्मी उन्नती कोष ३.९५ प्रतिशत अकं, कुमारी इक्विाटी फन्ड ३.७० प्रतिशत अकं, लक्ष्मी बैंक डेबेञ्चरको ३.३० प्रतिशत अकं, वरिन्टल होटेलको २.८८ प्रतिशत अकं र प्रभु सेलेक्ट फन्डको २.७३ प्रतिशत अकंले घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*