आईपिओ भर्न मेरो शेयर विकल्प: एनआईसी एसिया बैंकको मोबाइल एपबाटै आईपिओ भर्न सकिने

११ श्रावण २०७८, सोमबार ०८:१९

काठमाडौं । एनआईसी एसिया बैंकले आईपिओ भर्ने मेरो शेयरको विकल्पमा नयाँ सफ्टवयर तयार पारेको छ । सो बैंकले आफ्नो बैंकमा खाता भएका, डिम्याट खाता खोलेकाहरुले एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ्ग एप मार्फत आइपीओमा आवेदन दिन सकिने नयाँ व्यवस्था सुरुवात गरेको हो ।

एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ्क एप्सबाटै आईपिओ भर्न सकिने व्यवस्था गरेपछि अब आईपिओ भर्ने एक मात्र अनलाईन सफ्टवयर मेरो शेयरको विकल्प तयार भएको छ । एनआईसी एसिया बैंकले नेपालको बैंकिङ्ग क्षेत्रमै पहिलोपटक मोबाइल बैंकिङ्ग एप मार्फत आइपीओमा आवेदन दिन सकिने सेवाको सुरुवात गरेको सो बैंकका प्रमुख कार्यकार अधिकृत रोशन कुमार न्यौपानेले बताए । नयाँ व्यवस्थासँगै अब आईपिओ भर्न बैंकमा लाइन बस्नुपर्ने तथा मेरो शेयरको सर्भर जाम हुने समस्याबाट छुटकारा पाउने विश्वास बैंकले लिएको जनाएको छ ।

अब ग्राहकले एनआईसी एशियामा डिम्याट खाता खोलेका, बैंकमा बचत खाता रहेका तथा बैंकको मोबाइल बैंकिङ्ग सेवा लिएका ग्राहकले बैंकको मोबाइल एप मार्फत शेयर तथा डिबेञ्चरहरूमा एनआईसी मोबाईल एपमार्फत जुनसुकै समयमा आवेदन दिन सक्ने गरी बैंकले नयाँ सिष्टम विकास गरेको हो । एनआईसी एसिया बैंकले विकास गरेको नयाँ सिष्टमले मेरो शेयरको सर्भरलाई समेत राहत मिल्ने भएको छ ।
गुणस्तरीय र बढी क्षमताको सर्भर राख्न नसकेका कारण मेरो शेयरको सर्भर आईपिओ खुल्ने वित्तिकै ट्राफिक जाम हुने समस्या थियो । एनआईसी एसिया बैंकले सुरु गरेको नयाँ व्यवस्थासँगै मेरो शेयरमा ट्राफिक जाम हट्नेछ ।

एनआईसी एसिया बैंकका अनुसार ग्राहकले एप भित्र रहेको एप्लाई शेयर आइकनमा थिचेपछि शेयर तथा डिवेन्चरमा आवेदन दिने स्थानमा प्रवेश गर्नेछन । आवश्यकता अनुसार त्यसभित्र आईपिओ खुलेका कम्पनीहरूमध्ये आफुले चाहेको कम्पनी छनौट गरेर आवेदन दिनसक्ने बैंकले जनाएको छ । स्वचालित रुपमा देखिएको विवरण पक्का गरी कम्पनीको शर्त तथा नियम पालना गर्छु भन्ने शर्त प्रमाणित गरेपछि आवेदनमा समिट गरेपछि प्रक्रिया पूरा हुने बैंकले जनाएको छ ।

बैंकले आफनो वेबसाइटमा रहेको एप्लाई शेयर आइकनमा क्लिक गरेर पनि आइपिओमा आवेदन दिन सकिने जनाएको छ । एनआईसी एसिया बैंकले सुरु गरेको उक्त व्यवस्था सो बैंकका ग्राहकहरुको लागि मात्रै हो । अन्य बैंक तथा वित्तीय संस्थामा खाता भएका र एनआईसी एसिया बैंकमा खाता नभएकाहरुले भने पाउने छैनन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*