नेपाल क्रेडिट एण्ड कमर्स बैंकको सचिवमा भट्टराई नियुक्त

११ श्रावण २०७८, सोमबार ११:०७

काठमाडौँ । नेपाल क्रेडिट एड कमर्स बैंकले सचिव नियुक्त गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै सचिव पदमा विश्वनाथ भट्टराईलाई नियुक्त गरेको जानकारी गराएको हो ।

कम्पनीको साउन १० गते बसेको ८५९ औँ सञ्चालक समितिको बैठकले बैंकका सहायक प्रबन्धक भट्टराईलाई सचिव पदमा नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*