नेप्सेद्धारा नेपाल इन्भेष्टमेण्ट बैंकको ७५ करोडको ऋणपत्र सूचिकरण खारेज

११ श्रावण २०७८, सोमबार ११:१५

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड २०७८ को सूचिकरण नेप्सेद्धारा खारेज भएको छ । नेप्सेले एक सूचना जारी गर्दै ८ प्रतिशत ब्याजदर रहेको सो ऋणपत्र खारेज गरेको हो ।

नेप्सेले कम्पनीको उक्त ऋणपत्र साउन १० गतेपछि परिपक्व भएकाले सूचीकरण खारेज गरेको जनााएको छ । कम्पनीले ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता ऋणपत्र विक्री गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*