सुनको मूल्यमा सामान्य बृद्धि, तोलाको कति पुग्यो ?

११ श्रावण २०७८, सोमबार १२:०९

काठमाडौं । सोमबार सुनको मूल्यमा सामान्य बढोत्तरी भएको छ । अघिल्लो दिन आइतबार एक सयले घटेको सुनको मूल्य आज फेरी सोही मूल्यले बृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छ । आइतवार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । आइतवार तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतवार प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी सोमवार पनि सोही मूल्यमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*