आज सर्वाधिक कारोबार हुने टप १० कम्पनीहरु

११ श्रावण २०७८, सोमबार १५:०९

काठमाडौं । आज साताको दोस्रो दिन सोमबार २२३ कम्पनीको ३ करोड ७० लाख ६१ हजार ४४७ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब १३ करोड ९७ लाख ८५ हजार ४३१ रुपैयाँको कारोबार भएको छ ।

आज सर्वाधिक कारोबार हुने कम्पनीमा ङादी गु्रप पावर रहेको छ । सो कम्पनीको आज ३९ करोड ३० लाख ३७ हजार ८३२ रुपैयाँको कारोबार भएको हो ।

त्यसलगत्तै हिमालयन डिस्टिलरी लिमिटेडको ३३ करोड ५६ लाख, एनआईसी एशिया बैंकको ३३ करोड ४१ लाख, एग्रिकल्चर डेभलपमेन्ट बैंकको ३२ करोड ८५ लाख र नेपाल बैंक लिमिटेडको ३२ करोड ३१ लाख भन्दा बढिको कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*