नेप्से सामान्य अंकले घट्दा १४ अर्ब माथिकै कारोबार, ८ समूहमा छायो हरियाली

११ श्रावण २०७८, सोमबार १५:२१

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ८ दशमलव २४ अंकले घटेर ३०५०.४३ विन्दुमा कायम भएको छ ।

आज २२३ कम्पनीको ३ करोड ७० लाख ६१ हजार ४४७ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब १३ करोड ९७ लाख ८५ हजार ४३१ रुपैयाँको कारोबार भएको छ ।

नेप्से समूहमा रहेका १३ उपसूचक मध्ये आज ५ समूह बाहेकका सबै समूहमा हरियाली छाएको छ । आज सर्वाधिक हाइड्रोपावर समूहमा लगानीकर्ताहरु झुम्मिएका छन् । सो समूहमा १०२.६५ अंकले बृद्धि भएको हो । त्यस्तै आज लगानी समूहमा ०.१५ अंकले घटेको छ ।

त्यस्तै आज सर्वाधिक कारोबार गर्ने कम्पनीमा ङादी गु्रप पावर रहेको छ । सो कम्पनीको आज ३९ करोड ३० लाख ३७ हजार ८३२ रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै आज ७ कम्पनीको शेयर सर्किट लागेको छ । विशाल बजार कम्पनी, जानकी फाइनान्स, रिडि हाइड्रोपावर, माउन्टेन हाइड्रोपार, ग्रीन लाइफ हाइड्रोपावर, हिमालयन उर्जा र ङादी ग्रुप पावरको सर्किट लेभलमा कारोबार भई सर्वाधिक कमाउन सफल भएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*