७ कम्पनीको सर्किट लेभलमा कारोबार, यी हुन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु

११ श्रावण २०७८, सोमबार १५:२८

काठमाडौँ । नेपाली पूँजीबजारमा आज २२३ कम्पनीको ३ करोड ७० लाख ६१ हजार ४४७ कित्ता शेयर किनबेच भएको छ । त्यसै आज नेप्से ८.२४ अकंले घट्दा १४ अर्ब माथिको कारोबार भएको छ ।

आज बिशाल बजार कम्पनी, जानकी फाइनान्स, रिडि हाईड्रोपावर, माउन्टेन हाईड्रो नेपाल, ग्रीनलाइफ हाईड्रोपावर, हिमालयन उर्जा विकास कम्पनी, ङादी ग्रुप पावर कम्पनीको आज सर्किट लेभलमा कारोबार भइ सर्वाधिक कमाउन सफल भएका हुन् । साथै प्रोगेस फाइनान्सको ८.८१ प्रतिशत अकंले वृद्धि भएको छ ।

त्यसै आज सर्वाधिक गुमाउने कम्पनीहरुमा एनआईसि एशिया डिबेञ्चरको ७.२२ प्रतिशत अकं, पोखरा फाइनान्सको ५.२० प्रतिशत अकं, सनराईज फस्ट म्युचुअल फन्डको ४.०१ प्रतिशत अकं, सनराइज बैंकको ३.९० र लक्ष्मी बैंकको ३.६७ प्रतिशत अकंले घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*