एनएमबी बैंकले ८.४९ प्रतिशत ब्याजदरमा गाडि किन्न ऋण दिने

११ श्रावण २०७८, सोमबार १६:११

काठमाडौँ । एनएमबी बैंकले ८.४९ प्रतिशत ब्याजदरमा गाडी किन्न ऋण दिने योजना सार्वजनिक गरेको छ । बैंकले ५ बर्ष अवधिका लागि सोही प्रतिशत ब्याजदरमा ऋण दिने भएको हो ।

आगामी दिनमा वित्तीय प्रणालीमा ब्याजदर बढे पनि यस योजनाअन्तर्गतको ब्याजदर नबढ्ने बैंकले जानकारी गराएको छ । सोही अुनसार ब्याज घटबढ हुने चिन्ताबाट मुक्त भई गाडी खरिद गर्ने सकिने बैंकले जनाएको छ ।

साथै बैंकले ल्याएको उक्त योजना अन्तर्गत कर्जा आवेदन दिएको २४ घण्टा भित्र स्वीकृत हुने समेत बैंकले जानकारी दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*