१० कम्पनीले मात्रै तिरे ४८ अर्ब राजश्व, यी हुन् आ.व. २०७७/०७८ मा धेरै कर तिर्ने १० कम्पनी

११ श्रावण २०७८, सोमबार १७:००

काठमाडौं । आर्थिक वर्ष २०७७/०७८ मा दश वटा कम्पनीले मात्रै नेपाल सरकारलाई करिब ४८ अर्ब रुपैयाँ राजश्व बुझाएका छन् । विगत लामो समयदेखि सबैभन्दा धेरे कर तिर्नेको सूचीमा पर्दै आएको सूर्य नेपाल प्रा.लि. ले मात्रै झण्डै १० अर्ब रुपैयाँ कर वापत सरकारलाई तिरेको छ ।

गत आवमा सबैभन्दा धेरै कर तिर्ने कम्पनीमा सूर्य नेपाल प्रा.लि. रहेको छ । अर्थमन्त्रालय स्रोतका अनुसार सो कम्पनीले ९ अर्ब ३४ करोड रुपैयाँ कर तिरेर सबैभन्दा बढि कर तिर्ने कम्पनी बनेको हो ।

त्यस्तै, दोस्रो सबैभन्दा धेरै कर तिर्ने कम्पनीमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड रहेको छ । कम्पनीले ९ अर्ब रुपैयाँ कर तिरेर दोस्रो बढि कर तिर्ने कम्पनी बनेको हो ।
सबैभन्दा धेरै कर तिर्नेको १० कम्पनीको सूचिमा तेस्रो नम्बरमा एनसेल आक्जिएटा प्रा.लि. परेको छ । चौथोमा गोर्खा ब्रुअरी, पाँचौमा नबिल बैंक, छैठौँमा एनआईसी एशिया बैंक, साताँैमा ग्लोबल आईएमई बैंक, आठौंमा नेपाल विद्युत प्राधिकरण, नवौंमा प्राइम कमर्शियल बैंक र दशौंमा कृषि विकास बैंक रहेको छ ।

सबैभन्दा धेरै कर तिर्ने १० उत्कृष्ट कम्पनीहरुको सूचि
१. सूर्य नेपाल प्रा.लि. ९ अर्ब ३४ करोड
२. नेपाल टेलिकम ९ अर्ब रुपैयाँ
३. एनसेल आक्जिएटा प्रा.लि. ८ अर्ब
४. गोर्खा ब्रुअरी ४ अर्ब २४ करोड
५. नबिल बैंक ३ अर्ब ९७ करोड
६. एनआईसी एसिया बैंक ३ अर्ब ६१ करोड
७. ग्लोबल आईएमई बैंक ३ अर्ब रुपैयाँ
८. नेपाल विद्युत प्राधिकरण २ अर्ब ९० करोड
९. प्राइम कमर्शियल बैंक २ अर्ब ४३ करोड
१०. कृषि विकास बैंक २ अर्ब ३९ करोड

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*