मुक्तिनाथ सम्बृद्धि बचत खाता सञ्चालनमा, यस्ता छन् बिशेषताहरु

११ श्रावण २०७८, सोमबार १७:०८

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले मुक्तिनाथ सम्बृद्धि बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले बचत खाता मध्यकै सर्वाधिक ब्याजदर प्रदान गर्ने तथा मासिक ब्याज आर्जन हुने उक्त बचत खाताको शुभारम्भ गरेको हो ।

मुक्तिनाथ सम्बृद्धि बचत खाता १ सय रुपैयाँ न्यूनतम मौज्दात खोल्ने सकिने र ग्राहकहरुलाई वार्षिक सर्वाधिक ब्याजदर ५.२५ प्रतिशतको दरले मासिक रुपमा ब्याज भुक्तानी प्रदान गर्ने बैंकले जनाएको छ । यसका साथै पहिलो बर्षको लागि निःशुल्क मोबाईल बैंकिङ तथा निःशुल्क इन्टरनेट बैंकिङको सेवा समेत प्रदान गर्ने छ ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने हितले एटिएम कार्डको प्रयोग गरेर देशभर रहेको भिसा नेटवर्कमा आवद्ध गरी अरु जो सुकै बैंकको एटिएम मेशिनबाट निःशुल्क रकम झिक्न सकिने ब्यवस्थाको समेत सुरुवात गरेको छ ।

साथै बैंकले दिदै आएका विभिन्न मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन र अनलाइन खाता खोल्ने जस्ता कार्य अनलाइनबाट नै गर्ने सक्ने ब्यबस्था मिलाएको बैंकले जानकारी दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*