अपि पावरले सवा २ लाख कित्ता हकप्रद शेयर बोलकबोलमा बिक्री गर्ने

१२ श्रावण २०७८, मंगलवार ११:२१

काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडले हकप्रद शेयर बोलकबोलमा बिक्रीमा ल्याएको छ । कम्पनीले आज एक सूचना सार्वजनिक गर्दै २ लाख १५ हजार ५९९ कित्ता हकप्रद शेयर बोलकबोलमार्फत बिक्रीमा ल्याएको हो ।

कम्पनीले सर्वसाधारण समूहको न्यूनतम १०० प्रति शेयरका दरले सो कित्ता शेयरका लागि आवेदन माग गरेको हो ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ सस्थाहरुले साउन १३ गते देखी साउन २० गतेसम्म गोप्य शिलबन्दी बोलपत्र बुझाउनुपर्नेछ । साथै लगानीकर्ताले प्रतिकित्ता के कति दर रेटमा कबुल गर्न चाहेको हो सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्र मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ बैंकका शाखा कार्यालयमा पेश गर्ने सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*