लक्ष्मी बैंकको २० लाख कित्ता ऋणपत्र बाँडफाँड

१२ श्रावण २०७८, मंगलवार ११:४२

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले बिक्रीमा ल्याएको ‘लक्ष्मी बैंक डिबेन्चर २०८८’ बाँडफाँड गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै साउन ११ गते बाँडफाँड गरेको जानकारी गराएको हो ।

बैंकले १० वर्षे अवधि रहेको वार्षिक ८.५% भएको डिबेन्चर निष्काशन तथा बिक्री गरेको थियो । प्रति डिबेन्चर १००० रुपैयाँ अंकित मूल्यका २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो । जसमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट बिक्री गरेको थियो भने ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता (सो मध्ये ५% अर्थात ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको समेत) सर्वसधारणको लागि बिक्री गरिएको थियो । बैंकले असार २८ गतेदेखि साउन ५ गतेसम्म सो ऋणपत्र निष्काशन तथा बिक्री गरेको थियो ।

बाँडफाँडमा परेका आवेदकहरुले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट संचालित मेरोशेयर सफ्टवेयरबाट हेर्न सकिने कम्पनीले जानकारी गराएको छ । उक्त ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा सिभिल क्यापिटल मार्केट रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*