फेरी ३ सयले घट्यो सुनको मूल्य, कतिमा हुदै छ कारोबार ?

१२ श्रावण २०७८, मंगलवार ११:५०

काठमाडौँ । आज नेपाली बजारमा सुनको मुल्य ३०० ले घटेको छ । सोमबार प्रतितोला १ सयले बढेको सुनको मूल्य मंगलबार ३ सयले घटेको हो ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।

सोमबार भने छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९१ हजार ६०० मा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मुुल्य भने आज स्थिर रहको छ । आज चाँदी प्रतितोला १ हजार २७० रुपैयाँ कायम गरेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*