नेप्सेमा नेपाल हाइड्रो डेभलोपरको बोनस शेयर सूचिकृत

१२ श्रावण २०७८, मंगलवार १२:१०

काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडको बोनस शेयर आज नेप्सेमा सूचिकृत भएको छ ।

कम्पनीको ३ लाख ९० हजार कित्ता बोनस शेयर सूचिकृत भएको हो । बोनस शेयर सूचिकृत पश्चात लगानीकर्ताले सो शेयर खरिदबिक्री गर्न पाउनेछन् । कम्पनीको सम्पन्न साधारण सभाबाट पारित भएको १५ प्रतिशत बोनश शेयर नेप्सेमा सूचिकृत भएको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*