फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको १ लाख संस्थापक शेयर साउन १३ गतेदेखि लिलामीमा

१२ श्रावण २०७८, मंगलवार १२:२०

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर साउन १३ गते बुधबारदेखि लिलामीमा आउने भएको छ । कम्पनीले १ लाख कित्ता संस्थापक शेयर लिलामीद्वारा बिक्री गर्न लागेको हो ।

कम्पनीले सो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३४५ रुपैयाँ तोकेको छ । जसअनुसार लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । इच्छुक लागनीकर्ताले उक्त लिलामी शेयरमा आगामी साउन १७ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ भने अधिकतमको लागि कुनै हद नलाग्ने पनि कम्पनीले जनाएको छ । सो शेयर बिक्री प्रबन्धकका रुपमा बिओके क्यापिटल लिमिटेड रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*