एनआईसी एशिया बैंकमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार भएका टप १० कम्पनीहरु

१२ श्रावण २०७८, मंगलवार १५:०९

काठमाडौं । साताको तेस्रो दिन मंगलबार २२५ कम्पनीको ३ करोड २३ लाख ५५ हजार २५० कित्ता शेयर किनबेच हुँदा १५ अर्ब १७ करोड ६ लाख ५१ हजार ६४३ रुपैयाँको कारोबार भएको छ ।

आज सर्वाधिक कारोबार हुने कम्पनीमा एनआईसी एशिया बैंक रहेको छ । बैंकको आज ४९ करोड १५ लाख ५० हजार ७५५ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, अपि पावर कम्पनीको ४८ करोड ३२ लाख, यूनाइटेड मोदी हाइड्रोपावरको ३६ करोड २३ लाख, सानिमा माई हाइड्रोपावरको ३५ करोड २८ लाख र नेशनल हाइड्रोपावर कम्पनीको ३४ करोड ७७ लाख भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*