नेप्से परिसूचक २९ अंकले बढ्दा १५ अर्ब माथिको कारोबार, ९ वटा समूहमा छायो हरियाली

१२ श्रावण २०७८, मंगलवार १५:२१

काठमाडौं । आज नेप्से परिसूचक बढ्दा कारोबार समेत बढेको छ । मंगलबार नेप्से परिसूचक २९ दशमलव २३ अंकले बढेर ३०७९.६६ विन्दुमा कायम भएको छ ।

साताको तेस्रो दिन मंगलबार २२५ कम्पनीको ३ करोड २३ लाख ५५ हजार २५० कित्ता शेयर किनबेच हुँदा १५ अर्ब १७ करोड ६ लाख ५१ हजार ६४३ रुपैयाँको कारोबार भएको छ ।

नेप्से समूहमा रहेका १३ उपसूचक मध्ये आज ४ समूह बाहेकका सबै समूहमा हरियाली छाएको छ । आज सर्वाधिक उत्पादन तथा प्रशोधन समूहमा ३०५.१८ अंकले बृद्धि भएको छ । त्यस्तै, जीवन बीमा समूहमा २६०.०८ अंकले बृद्धि भएको छ ।

त्यस्तै, आज सर्वाधिक कारोबार हुने कम्पनीमा एनआईसी एशिया बैंक रहेको छ । बैंकको आज ४९ करोड १५ लाख ५० हजार ७५५ रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै आज ११ वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेर सर्किट लेभलमा कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*