जीवन विकास लघुवित्तको आईपीओले कति पाउला ओपनिङ रेञ्ज ?

१२ श्रावण २०७८, मंगलवार १६:१०

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको आईपीओ हितग्राही (डिम्याट) खातामा आइसकेको छ । यतिबेला जीवन विकास लघुवित्तको आईपीओले ओपनिङ रेञ्ज कति पाउला, पहिलो कारोबार कहिले र कतिमा होला भन्ने प्रश्न सबैको मनमा उब्जिरहेको छ ।

यसैबीच कम्पनीको आईपीओ जेबीएलबी स्टक कोडबाट डिम्याट खातामा आएको हो । कम्पनीको आईपीओ अब नेप्सेमा सूचिकृत प्रक्रियामा रहेको छ । कम्पनीको आईपीओले पहिलो कारोबारको लागि ३०५ रुपैयाँ देखि ९१५ दशमलव ८१ रुपैयाँ ओपनिङ रेञ्ज पाउने देखिएको छ ।

कम्पनीको आ.व. २०७६।७७ को वास्तविक प्रतिशेयर नेटवर्थ ३०५ दशमलव २७ रुपैयाँ रहेको छ । नेप्सेले पहिलो कारोबारका लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने भएकोले कम्पनीको आइपीओले उक्त रेञ्ज पाउने देखिएको हो ।

कम्पनीले गत असार ११ गतेदेखि असार १५ गतेसम्म १९ लाख ७७ हजार ३ सय कित्ता निष्काशन गरेको थियो । जसमध्ये ३० हजार ४२० कित्ता कर्मचारीलाई र ९८ हजार ८६५ कित्ता सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणलाई निष्काशन तथा बिक्री गरिएको थियो ।

कम्पनीको आईपीओ गत असार २३ गते बाँडफाँड भएको हो । उक्त बाँडफाँडमा गोलाप्रथाबाट २० लाख १८ हजार ३०१ जना योग्य आवेदकमध्ये १ लाख ८४ हजार ८०१ जनाले १० कित्ता शेयर पाएका थिए । ती आवेदकमध्ये पाँच जना आवेदकले त ११ कित्ताका दरले शेयर पाएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*