सरकारी सेवा उपलब्ध गराउन मेगा बैंक र नागरिक एपबीच सहकार्य

१२ श्रावण २०७८, मंगलवार १६:२६

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेड र नागरिक एपबीच सहकार्य भएको छ । नेपाल सरकारले नागरिकलाई हातहात मै सरकारी सेवा उपलब्ध गराउने हितले सार्वजनिक गरेको नागरिक एपसँग मेगा बैंकले सहकार्य गरेको हो ।

डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत नागरिक एप नेपाल सरकारको महत्वपूर्ण कार्यक्रम भएकाले मेगा बैंकले सहयोगी हातको भूमिका खेली नागरिक एपसँग सहकार्य गरेको हो ।

सहकार्यअनुसार अब बैंकका ग्राहकहरुले सरकारी सेवाहरु सर्वसुलभ ढंगले मोबाइलबाटै प्राप्त गर्न सक्नेछन् । साथै बैंकका ग्राहकहरुले नागरिक एपको प्रयोग गरी सजिलै बंैक खाता समेत खोल्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*