एभरेष्ट बैंकद्धारा २ अर्बको ऋणपत्र जारी गर्न बिक्री प्रबन्धकमा एनआईबिएल एसलाई नियुक्त

१२ श्रावण २०७८, मंगलवार १७:१४

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले ऋणपत्र निष्काशन तथा बिक्री गर्ने भएको छ । बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको हो ।

बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २० इकाइ भएको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८६’ नामक ऋणपत्र निष्कासन गर्ने भएको हो ।

८ वर्षे अवधि रहेको उक्त ऋणपत्रमा लगानीकर्ताहरुले वार्षिक ८.५ प्रतिशत ब्याज प्राप्त गर्नेछन् । बैंकले उक्त ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

सो सम्झौतामा एभरेष्ट बैंकका तर्फबाट कम्पनी सचिव सुरेश चापागाईं र एनआईबिएल एस क्यापिटलका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले एक कार्यक्रमबीच हस्ताक्षर गरेका हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*