फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको १ लाख संस्थापक शेयर आजदेखि लिलामीमा

१३ श्रावण २०७८, बुधबार ११:००

काठमाडौँ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर आजदखि लिलामीमा ल्याएको छ । कम्पनीले १ लाख कित्ता संस्थापक शेयर बिक्री गर्ने लागेको हो ।

कम्पनीले सो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३४५ रुपैंया तोकेको छ । जसअनुसार लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । इच्छुक लगानीकर्ताले उक्त लिलामी शेयरमा आगामी साउन १७ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ भने अधितमको लागि कुनै हद नलाग्ने कम्पनीले जनाएको छ । सो शेयर बिक्री प्रबन्धकका रुपमा बिओके क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*