नबिल बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थपियो, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

१३ श्रावण २०७८, बुधबार ११:२१

काठमाडौँ । नबिल बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप गरेको छ । बैंकले ८ प्रतिशत ब्याजदर भएकोे साउन १० गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिन समय थपिएको हो ।

बैंकले ७ बर्ष अवधिको ८ प्रतिशत ‘नबिल डिबेन्चर २०८५’ निष्काशन तथा बिक्री गरेकोमा सो ऋणपत्र खरिदका लागि छिटोमा साउन १३ गते सम्ममा आवेदन दिनुपर्ने भएपनि सो समय सम्म कुनै आवेदन नपरेपछि साउन २४ गतेसम्म निष्कासन अवधि बढाएको बैंकले जानकारी दिएको छ ।

प्रतिकित्ता १ हजार रुपैयाँमा सर्वसाधारणको लागि १ अर्ब २० करोड रुपैयाँ र व्यक्तिगत तवरका लागि १ अर्ब ८० करोड गरी जम्मा ३ अर्ब रुपैया बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । सर्वसाधारणका लागि बिक्री गरेको ऋणपत्रमा ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

इच्छुक लगानिकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम सबै कित्ताको लागि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालयमा आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा रुपमा हिमालयन क्यापिटल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*