श्वेत गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनको विशेष साधारणसभा साउन २८ गते , आईपीओ निष्कासन मुख्य एजेण्डा

१३ श्रावण २०७८, बुधबार १२:११

काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनले विशेष साधारणसभा डाकेको छ ।कम्पनी सञ्चालक समितिको साउन ११ गते सम्पन्न बैठकले विशेष साधारणसभा साउन २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको धुम्बाराहीस्थित अकामा होटेलमा अपराह्न १ बजेदेखि सुरु हुनेछ।

सभामा आईपीओ निष्कासनको मुख्य जेण्डाअनुमोदन गर्ने प्रस्ताव अघि बढाउने प्रस्ताव अघि रहेको छ । उक्त आईपीओ निष्कासनबाट प्राप्त हुने कुल रकमको उपयोगसम्बन्धी वित्तीय योजना तथा रणनीतिहरु निर्धारणका सम्बन्धमा राखिने प्रस्तावहरु पनि सभाले पारित गर्नेछ।

सोही सभाले परियोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको सेयरका सम्बन्धमा राखिने अर्को प्रस्ताव पनि पारित गर्नेछ।सभाले आईपीओ निष्कासनका सम्बन्धी कार्यहरु गर्न गराउनका लागि सञ्चालक समितिलाई अख्तियार दिने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*