नेप्सेद्धारा शेयर लगानीकर्तालाई स्थायी लेखा नम्बर अपडेट गर्न आग्रह

१३ श्रावण २०७८, बुधबार १२:१८

काठमाडौं । नेपाल स्टक एकसचेञ्ज(नेप्से)ले शेयर लगानीकर्तालाई स्थायी लेखा नम्बर अपडेट गर्न आग्रह गरेको छ । आज एक सूचना जारी गर्दै नेप्सेले यस्तो जानकारी गराएको हो ।

सिडिएस एण्ड क्लियरिङ्गको सिएनएस सिस्टमबाट प्राप्त पूँजीगत लाभकर विवरण सम्बन्धित राजस्व कार्यालयमा अपलोड गर्दा अधिंकाश लगानीकर्ताको स्थायी लेखा नम्बर फरक फरक हुने गरेको पाईएको हुँदा आफ्नो स्थायी लेखा नम्बर ठिक भए नभएको रुजु गरी शेयर लगानीकर्तालाई एकिन हुन अनुरोध गरेको हो ।

उक्त फरक स्थायी लेखा नम्बर आन्तरिक राजस्व विभागको साइटमा अपलोड हुन नसक्ने समेत नेप्सेले जानकारी दिएको छ । लगानीकर्ताबाट समेत विभिन्न समयमा आफ्नो स्थायी लेखा नम्बरमा पूँजीगत लाभकर जम्मा नभएको गुनाँसो समेत आएको नेप्सेले जानकारी गराएको छ ।

फरक स्थायी लेखा नम्बर प्रविष्टि गरेको कारण विवरण रुजु नभएमा तथा फरक स्थायी लेखा नम्बरको कारणले लगानीकर्ताको वास्तविक स्थायी लेखा नम्बरमा पूँजीगत लाभकर नगएमा स्वयं सदस्य दलाल व्यवसायी जवाफदेही हुनुपर्ने र लगानीकर्ताले पनि आफ्नो स्थायी लेखा नम्बर ठिक भए नभएको रुजु गरी यकिन हुन नेप्से वित्त व्यवस्थापन शाखा अधिकृत सावित्रा केसीले जानकारी गराएकी हुन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*