अपि पावरको आजदेखि सवा २ लाख कित्ता बढि हकप्रद शेयर बोलकबोलमार्फत बिक्रीमा

१३ श्रावण २०७८, बुधबार १२:२४

काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडले आजदेखि हकप्रद शेयर बोलकबोलमा बिक्रीमा ल्याएको छ । कम्पनीले सर्वसाधारण समूहको न्यूनतम १०० प्रति शेयरका दरले २ लाख १५ हजार ५९९ कित्ता हकप्रद शेयर बालकबोलमार्फत आवेदन माग गरेको हो ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ सस्थाहरुले साउन २० गतेसम्म गोप्य शिलबन्दी बोलपत्र बुझाउनुपर्नेछ । साथै लगानीकर्ताले प्रतिकित्ता के कति कर रेटमा कबुल गर्न चाहेको हो सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्र मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ बैंकका शाखा कार्यालयमा पेश गर्ने सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*