नेप्सेमा जीवन विकास लघुवित्तको शेयर सूचिकृत, कतिमा होला पहिलो कारोबार ?

१३ श्रावण २०७८, बुधबार १४:१७

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ । नेप्सेले आज एक सूचना जारी गर्दै कम्पनीसँग धितोपत्र सूचिकरण सम्झौता सम्पन्न भएको जानकारी गराएको हो ।

कम्पनीको प्रतिशेयर अंकित तथा चुक्ता मूल्य १०० रुपैयाँ कायम भएको ६० लाख ८४ हजार कित्ता शेयर आज सूचिकृत भएको हो । जसमध्ये १९ लाख ७७ हजार ३०० कित्ता सर्वसाधारण तर्फ र संस्थापक समूह तर्फका ४१ लाख ६ हजार ७०० कित्ता गरी कुल ६० लाख ८४ हजार कित्ता शेयर सूचीकरण गर्ने सम्झौता भएको हो ।

नेपाल धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम साउन १२ गतेको निर्णयअनुसार कम्पनीको आइपीओ नेप्सेमा सूचिकरण गरिएको हो । साउन १३ गते नेप्से र उक्त कम्पनीबीच धितोपत्र सूचिकरण सम्झौता सम्पन्न भएको दोस्रो दिनबाट नै कम्पनीको धितोपत्रको दोस्रो बजारको कारोबार शुरु हुनेछ । कम्पनीको आईपीओले पहिलो कारोबारको लागि ३०५ रुपैयाँ देखि ९१५ दशमलव ८१ रुपैयाँ ओपनिङ रेञ्ज पाउने देखिएको छ ।

कम्पनीको आ.व. २०७६।७७ को वास्तविक प्रतिशेयर नेटवर्थ ३०५ दशमलव २७ रुपैयाँ रहेको छ । नेप्सेले पहिलो कारोबारका लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने भएकोले कम्पनीको आइपीओले उक्त रेञ्ज पाउने देखिएको हो ।

कम्पनीले गत असार ११ गतेदेखि असार १५ गतेसम्म १९ लाख ७७ हजार ३ सय कित्ता निष्काशन गरेको थियो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*