हाइड्रोपावर कम्पनीमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार हुने टप १० कम्पनीहरु

१३ श्रावण २०७८, बुधबार १५:१०

काठमाडौं । आज बुधबार २१९ कम्पनीको २ करोड ८१ लाख ७० हजार १७२ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५३५ रुपैयाँको कारोबार भएको छ ।

आज सर्वाधिक हाइड्रोपावर कम्पनीहरुको काराबार भएको छ । लगानीकर्ताहरु हाइड्रोपावर कम्पनीमा झुम्मिएका छन् । बुधबार सर्वाधिक कारोबार हुने कम्पनीमा यूनाईटेड मोदी हाइड्रोपावर रहेको छ । कम्पनीको आज ३८ करोड ६१ लाख ४७ हजार ८१८ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, नेशनल हाइड्रोपावरको ३६ करोड ५३ लाख, अरुण भ्याली हाइड्रोपावरको ३३ करोड ६१ लाख, सानिमा माई हाइड्रोपार ३१ करोड ८८ लाख र अपि पावर कम्पनीको २९ करोड ५९ लाख भन्दा माथिको कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*