प्रभु पे बाट लस्कर फुड्समा भुक्तानी गर्दा आकर्षक उपहारको व्यवस्था

१३ श्रावण २०७८, बुधबार १६:३१

काठमाडौँ । प्रभु पे डिजिटल वालेट र अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सबीच सहकार्य गर्ने हितले सम्झौता भएको छ । लस्कर फुड्स हाइजेनिक किचेनको अवधारणलाई पालना गर्दै रेस्टुरेन्टबाट खाना, खाजा घरसम्म पुर्याउने लक्ष्य सहित अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो ।

दुईबीच सहकार्य भई अब प्रभु पे डिजिटल वालेटबाट लस्कर फुड्समा भुक्तानी गर्न सकिनुका साथै लस्कर फुड्सबाट खानेकुरा अर्डर गरेर प्रभु पे मार्फत भुक्तानी गर्दा आकर्षक अफर समेत पाउन सकिने छ ।

त्यसैगरी प्रभु पेबाट भुक्तानी गर्दा साप्ताहिक रुपमा लक्की ड्रमार्फंत लस्करको भौचर दिने, हप्तामा ३ पटक भन्दा कारोबार गर्ने ग्राहकले लक्की ड्रमार्फत आकर्षण मोबाइल फोन जित्ने अवसर रहेकोे छ । साथै प्रभु पे प्रयोगकर्ताले मःम, बर्गर र विरियानी २ वटा मगाउँदा १ फ्री प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै, लस्कर फुड्सले खाना, खाजाको डेलिभरी चार्ज भने नलिने जनाएको छ । ठमेल पकनाजोलस्थित रहेको लस्कर फुड्सको कार्यालयमा सीधै ०१–४७००५५३।५४ मा फोन गरेर अर्डर गर्न सकिने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*