आजबाट मैलुङ खोला जलविद्युतको आइपीओ विक्री खुला, कति कित्ता दिने आवेदन ?

१४ श्रावण २०७८, बिहीबार ०५:३६

काठमाडौं । आजबाट मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले आइपीओ निष्काशन भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता आईपीओ निष्कासन तथा बिक्री आजबाट खुल्ला गरेकाे हो ।

निष्काशन गरिने कुल सेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर भने बाँकी ६ लाख ८४ हजार ७४६ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपिओमा न्यूनतम १० कित्ता देखि अधिकतम १ लाख कित्ता सम्मका लागि आवेदन दिन सकिने छ । कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटल लिमिटेडले रहेको छ । कम्पनीको आईपिओमा साउन १४ गते देखि छिटोमा साउन १८ र ढिलामा साउन २८ गतेसम्ममा आवेदन दिन सकिने जनाएको छ ।आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि १० प्रतिशत शेयर विक्री गरिसकेको छ भने बाँकी २० प्रतिशत सर्वसाधारण लागि विक्री गर्न लागिएको हो ।

यस कम्पनीले प्रभावित स्थानियका लागि कम्पनीले २०७४ साल जेठ १७ गतेदेखि ३१ गतेसम्म आईपीओ विक्री खुला गरी असार ३० गते बाँडफाँट गरिसकेको छ ।आयोजना प्रभावित स्थानियमा कम्पनीले ३ लाख ६८ हजार १४४ कित्ता शेयर वितरण गरेको छ । उक्त कम्पनीले रसुवा जिल्लाको डाँडाँगाउँमा पाँच मेगावाट क्षमताको मैलुङ खोला आयोजना सञ्चालन गरिरहेको छ । उक्त आयोजनाबाट कम्पनीले २०७१ असारदेखिनै व्यवसायिक आम्दानी गरिरहेको छ ।

सर्वसाधारणमा आईपीओ जारी गरेपछि कम्पनीको चुक्तापूँजी ३६ करोड ८१ लाख रुपैयाँ पुग्नेछ । यो शेयरमा संस्थापक तर्फ ७० प्रतिशत, आयोजना प्रभावित स्थानियमा १० प्रतिशत र कर्मचारीसमेत सर्वसाधारणमा २० प्रतिशत स्वामित्व रहनेछ ।

उक्त कम्पनीको आर्थिक वर्ष ०७६र ७७ सम्मको वास्तविक प्रतिशेयर आम्दानी रू१७ दशमलव ८८ र प्रतिशेयर नेटवर्थ रू। ९५ दशमलव ७५ रहेको छ । उक्त अवधिसम्म कम्पनी रू। १ करोड २० लाख ९८ हजार खुद नोक्सानीमा रहेको छ । आर्थिक वर्ष ०७७र ७८ सम्म कम्पनीले रू। ७ करोड ४५ लाख ५३ हजार खुद नाफा गर्ने प्रक्षेपण गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*