सामलिङ पावरले आयोजना प्रभावितका लागि साउन २२ देखि ५ लाख कित्ता आइपीओ निष्काशन गर्ने

१४ श्रावण २०७८, बिहीबार १०:४८

काठमाडौं । विभिन्न कम्पनीहरुले लगातार साधारण शेयर (आइपीओ) निष्काशन गर्ने क्रममा सामलिङ पावर कम्पनी लिमिटेडले पनि आयोजना प्रभावित स्थानीयका लागि आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले यहि साउन २२ गतेदेखि आइपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले पहिलो चरणमा स्थानियलाई ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता शेयर विक्री गर्न लागेको हो ।

कम्पनीले असार ३१ गते नेपाल धितोपत्र बोर्डबाट सर्वसाधारणका लागि १२ करोड ३० लाख रुपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता आइपीओ निष्काशन गर्न अनुमति पाएको थियो । जसअनुसार कम्पनीले पहिलो चरणमा उक्त कित्ता आइपीओ आयोजना प्रभावित स्थानीयका लागि निष्काशन गर्ने भएको हो ।

आयोजना प्रभावितहरुका लागि छुट्याएको कुल कित्तामध्ये पनि कम्पनीले ईलाम जिल्लाभरीका बासिन्दाहरुका लागि ६० प्रतिशत अर्थात् ३ लाख कित्ता र अति प्रभावित क्षेत्र इलामा नगरपालिका वडा नम्बर ८ र १० तथा माईजोगमाई गाउँपालिका वडा नम्बर ४ र ५ का वासिन्दाहरुका लागि ४० प्रतिशत अर्थात २ लाख कित्ता शेयर निष्काशन गर्नेछ ।

कम्पनीले उक्त शेयर आवेदनका लागि छिटोमा भदौ ४ गतेसम्म तोकेको छ । सो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भदौ २० गतेसम्म लम्बिने कम्पनीले जानकारी गराएको छ । उक्त शेयर खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिनेछ । कम्पनीको बिक्री प्रबन्धकका रुपमा नेपाल एसबिआई मर्चेण्ट बैैंकिङ लिमिटेड रहेको छ ।

इच्छुक आवेदकले विक्री प्रबन्धसँगै नेपाल एसबिआई बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक, सिभिल बैंक र लक्ष्मी बैंकका ईलाम शाखा कार्यालयबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिने छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*