माछापुच्छ्रे बैंकको ३० लाख कित्ता ऋणपत्रमा आवेदन दिन आज अन्तिम दिन

१४ श्रावण २०७८, बिहीबार ११:०१

काठमाडौं । माछापुच्छ्रे बैंकको ऋणपत्रमा आवेदन दिन आज अन्तिम दिन रहेको छ । बैंकले १० वर्षे अवधि रहेको ‘८.५% माछापुच्छ्रे डिबेन्चर २०८७’ नामक ऋणपत्र बिक्री खुल्ला गरेको हो ।

बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र विक्री खुला गरेको हो । कुल कित्ता ऋणपत्रमध्ये बैंकले १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संघसंस्थाहरुका लागि र १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा विक्री गर्न लागेको हो ।

सर्वसाधारणका लागि छुट्याएको मध्येबाट पनि ५ प्रतिशत दरको ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ११ लाख ४० हजार कित्ता सार्वजनिक रुपमा बिक्रीमा ल्याएको हो ।

प्रतिऋणपत्र १ हजार रुपैयाँ मूल्यको यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्म माग गर्न सकिनेछ ।

उक्त ऋणपत्र बिक्री प्रबन्धकका रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालय मार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्वेयर र मेरो शेयर एपमार्फत पनि आवेदन दिन सकिने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*