स्वरोजगार लघुवित्तको संस्थापक शेयर बिक्रीमा

१४ श्रावण २०७८, बिहीबार ११:१९

काठमाडौँ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले एक सूचना सार्वनिक गर्दैै संस्थापक शेयर खरिदका लागि संस्थापक शेयरधनिहरुबाट आवेदनको माग गरेको हो ।

कम्पनीका केही संस्थापक शेयरधनिले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागी निवेदन पेश गरे बमोजिम रित पुराई बिक्री प्रकृया अगाडि बढाउने निर्णय गरेको हो ।

उक्त शेयर खरिद गर्न चाहने इच्छुक संस्थापक शेयरधनिले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आवश्यक कागजात सहित लघुवित्तको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको कित्ताको व्यहोरा खुलाई आवेदन दिन सक्नेछन् ।

साथै तोकिएको समय अवधिसम्म कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने संस्थाले जानकारी गराएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*