अर्थमन्त्रालयद्धारा बोर्डलाई ३ दिनभित्र स्पष्टिकरण बुझाउन निर्देशन

१४ श्रावण २०७८, बिहीबार १३:४६

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डलाई तीन दिनभित्र स्पष्टिकरण बुझाउन अनुरोध गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै विभिन्न सञ्चार माध्यमहरुमा बोर्डसँग सम्बन्धित समाचारप्रति ध्यानाकर्षण भएको भन्दै तीन दिनभित्र स्पष्टिकरण बुझाउन माग गरेको हो ।

बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाको परिवार भित्रका सदस्यको नाममा शेयर खरीद भएको समाचार वाहिरिएपछि मन्त्रालयले बोर्डसमक्ष स्पष्टिकरण दिन अनुरोध गरेको हो ।

पहिलो पटक बुक विल्डिङ्ग विधिबाट आईपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टको शेयर खरीदमा ढुङ्गानाको परिवारको सदस्यको नाममा शेयर खरीद भएको देखिएपछि मन्त्रालयले स्पष्टिकरण मागेको हो ।

ढुङ्गानाकी छोरी रेबिका ढुङ्गानाको नाममा सर्वोत्तम सिमेण्टको ११ हजार ९१२ कित्ता शेयर लागत कायम भएको देखिएको हो । बोर्डका अध्यक्ष ढुङ्गानाले विभिन्न सञ्चारमाध्यममा सर्वोत्तम सिमेण्टको शेयर छोरीको नाममा रहेको स्वीकार गरिसेकका छन् । बिवाह भएर आफुसँग छुट्टिएर गइसकेकी छोरीमा शेयर खरीदविक्री गर्न पाउने अधिकार हुने तर्कसमेत ढुङ्गानाको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*