नेप्से १५ अंकले घट्दा १० अर्ब माथिको कारोबार, दुई समूह बाहेकका सबै समूह राताम्य

१४ श्रावण २०७८, बिहीबार १५:१४

काठमाडौं । बिहिबार नेप्से १५ अंकले घटेको छ । आज नेप्से परिसूचक १५ दशमलव १३ अंकले घटेर ३०७९ दशलव ८२ विन्दुमा कायम भएको छ ।

आज २१७ कम्पनीको २ करोड ६० लाख ४० हजार २३ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ९० करोड ५८ लाख ३० हजार ६४ रुपैयाँको कारोबार भएको छ ।

नेप्से समूहमा रहेका १३ उपसूचक मध्ये आज २ समूह बाहेकका सबै समूह राताम्य भएका छन् । आज होटल तथा पर्यटन समूह र विकास बैंक समूहमा हरियाली छाएको हो ।

त्यस्तै आज सर्वाधिक कारोबार हुने कम्पनीमा गुडविल फाइनान्स रहेको छ । कम्पनीको ३३ करोड ९२ लाख ५६ हजार ५६ रुपैयाँको कारोबार भएको छ । त्यस्तै आज रिडी हाइड्रोपावरको सर्किट लेभलमा कारोबार भई सर्वाधिक कमाउन सफल भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*