इमर्जिङ नेपालले आईपीओ निष्कासनका लागि बोर्डमा दियो आवेदन

१४ श्रावण २०७८, बिहीबार १५:१६

काठमाडौं । इमर्जिङ नेपालले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड मा आवेदन दिएको छ ।कम्पनीले ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ निष्कासन गर्न असार १७ गते आवेदन दिएको हो । कम्पनीको विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ ।

यसअघि पनि कम्पनीले आईपीओ निष्कासन गर्नका लागि बोर्डमा आवेदन दिएको थियो । आवश्यक विवरण नपुगेको कारण पाइपलाइनबाट हटाइएको थियो । कम्पनीले आवश्यक विवरणहरु बुझाएपछि पुनः आईपीओ धितोपत्र बोर्डले पाइपलाइनमा राखेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*