आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए र गुमाए

१४ श्रावण २०७८, बिहीबार १५:३०

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से ओरालो लाग्दा २ सय १७ कम्पनीको २ करोड ६० लाख ४० हजार २३ कित्ता शेयर खरिदबिक्रि भएको छ ।

आज राधि हाईड्रोपावर डिभलपमेन्ट कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाउन सफल भएका छन् । कम्पनीको शेयरमा पोजेटिभ सर्किट लागेर ९.९५ प्रतिशतले वृद्धि भएको छ।

जीवन विकास लघुवित्तका लगानीकर्ताले आज ८ दशमलव २२ प्रतिशत , सप्तकोशी डिभलपमेन्ट बैंकका लगानीकर्ताले ७ दशमलव ६५ प्रतिशतं, युनाईटेड इर्दी मर्दीका लगानीकर्ताले ७ दशमलव ५५ प्रतिशत  र चन्द्रागिरी हिल्सका लगानीकर्ताले ६ दशमलव ०५ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, आज सर्वाधिक कारोबार भएको गुडबिल फाइनान्स कम्पनीका लगानीकर्ताले भने गुमाएका छन् । कम्पनीको शेयर आज ७ दशमलव ३३ प्रतिशत, माउन्टेन हाईड्रो नेपाल लिमिटेडको ६ दशमलव १७ प्रतिशत ं, जानकी फाइनान्सको ५ दशमलव ५० प्रतिशत , जोशी हाईड्रोपावर डेभलपमेन्टको ३ दशमलव ३७ प्रतिशत र श्री इनभेष्टमेन्ट फाइनान्सका लगानीकर्ताले ३ दशमलव ६६ प्रतिशतका दरले गुमाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*