मन्जुश्री फाइनान्सको संस्थापक शेयर लिलामी

१४ श्रावण २०७८, बिहीबार १६:४२

काठमाडौं । मन्जुश्री फाइनान्स कम्पनीले संस्थापक शेयर लिलामीमा ल्याएको छ । फाइनान्सले १२ हजार ५ सय ८७ कित्ता संस्थापक शेयर बिहीबार देखी लिलामीमा बिक्री खुला गरेको हो ।

उक्त संस्थापक शेयरको न्युनतम मूल्य प्रतिकित्ता ३ सय तोकेको हुँदा सो वा सो भन्दा माथि मूल्य अंकित गरी भदौ ८ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । संस्थापक शेयर खरिद गर्दा न्यूनतम १ सय कित्ताको लागि आवेदन दिनु पर्ने र अधिकतम शेयर संख्याका लागि कुनै हक नलाग्ने कम्पनीले जनाएको छ । फाइनान्सले बिक्री प्रबन्धकका रुपमा एनआइबिएस एस क्यापिटलल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*